Thursday, January 7, 2010

गजल - "जनताका कुरा गर्ने"

जनताका कुरा गर्ने नेताहरू खोई आजभोलि
के गर्‍यौ त आजसम्म मात्र बाँड्यौं मीठो बोली
नयाँ बिहान ल्याउन भन्दै अघि बढे जनताहरू
सयौं मरे त्यही लडाईमा रगतले माटो मोली
अझै पनि उही बानी जनतालाई झुक्याइरहने
सहमति गर्छौं भन्दै कुम्ल्यायौं आफ्नो झोली
शान्ति ल्याउँछौं नेपालमा भन्दै झुटो आशा बाँडी
जनताको छातिमाथि बसाइरह्यौं दिनांै गोली
सराप लाग्छ तिमीलाई वीर ती शहीदको
निर्दोषको रगतले कति खेलिरहन्छौ होली
चल्ने छैन अब यहाँ तिम्रा ती मनोमानी
खबरदारी गर्दै अब जुटिरा”छ नयाँ टोली

0 comments:

Post a Comment