Sunday, January 31, 2010

गजल - "केही नसोची अघी बढ्दा"

केही नसोची अघी बढ्दा, हार खानु पर्ला मृदु ।
माया प्रेमको खेल खेल्दा,बिष खानु पर्ला मृदु ।।


सधैं जीवन कहाँ चल्छ, साथ बिना एक्लै एक्लै
सँगै जिउन साथ तिमी, आई दिनु पर्ला मृदु ।।


हामी एउटै छाया मुनी, खेल्ने भए साथ देउ
मेरो मायाको चिनो अब, तिम्ले जोड्नु पर्ला मृदु ।।



हामी बिचको बर्ग प्रेम, सयौ जुनी बाच्छ भने
तिम्रो जीवन मेरो लागि, साथ दिनु पार्ला मृदु।।

0 comments:

Post a Comment