Sunday, January 31, 2010

कबिता - :"नेपालले बली माग्छ भने"

नेपालले बली माग्छ भने चढाइ देऊ मेरो बली
म मरेर मेरो नेपाल हाँसेर बाँच्छ भने भोली

प्राणभन्दा प्यारो मेरो नेपाल सधैं छ मलाई
मेरो चाहना अपूर्ण नेपाली मिलेको हेर्ने मलाई

कामना मेरो अमर भइ बाँचोस उच्च सगरमाथा
बोकेर मेरै नेपालीको बहादुरीताको सुन्दर गाथा

भविष्य कोरेर भोलिको नेपालको सबले माया गरे
फल्नेछ मोती नेपालमा नै’ सबै मिलेर सेवा गरे

एउटा हात र एउटा मनले चाहेर हुदैन केही यहाँ
सयौ हात सयौ मन एक भए पुग्छ,चाहेको यहाँ

नेपालले बली माग्छ भने चढाइ देउँ मेरो बली
म मरेर मेरो नेपाल हाँसेर बाँच्छ भने भोली

0 comments:

Post a Comment