Sunday, January 31, 2010

कविता - " चुम्बकले फलाम छोड्यो"

चुम्बकले फलाम छोड्यो छोडेन मनमा चोट
बार्है मासे औंस्याहा जस्तो कस्लाई लगाँउ खोट
टारी बारी चट्ट पारी लगायको फूल
फूल्नु पहिल्यै झर्न खोज्ने के थियो र भुल
हाँगा बिङंगा कांटछाट गरी जल मल हांले
घरको शोभा राख्छु भन्थें ईज्जतै पो फालें
फूल फूले धेरै राम्रो ईश्वरको बास
सोंचाई आखिर अपुरै भो लागेँ बनिबास

0 comments:

Post a Comment