Thursday, February 4, 2010

प्रेमपत्र - "चितामाथीबाटै पनि केही शब्द तिमीलाई"

धेरै भन्दा धेरै ब्याथाहरु पहिले पनि फुकाई सकेको छु । थोरै थोरै बाँकी भए फेरी पनि फुकाउँने तयारीमा छु । धेरै बलियो गाँठो पनि फुस्कीदो रहेछ । फुल मात्रै किन झथ्र्यो कोपिला पनि झर्दाे रहेछ । सायद त्यही भएर होला आज मेरो जीवनमा मानौ दुःखै दुःखको बाढी उर्लिएर आयो । बिछोडको हुरी मडारीएर आयो । म गरिवलाई थाहा छैन कुन दुनियाँमा पूर् यायो । जीवन भरी कहिल्यै न उठ्ने गरी भुईँमा बजार् यो मलाई यसरी गुल्ट्याई दियो की मेरो शरीरको कुनै पनि भाग चल्न सक्ने स्थीतिमा रहेन । भुईमा छरीएका मेरा शरीरका टुक्राहरु महिनौ देखी भोकाएका गिद्धहरुलाई पनि मिठो न लाग्ने स्वाद बिहिन् भएछन् । जीउँदो हुँदाको ठक्करै ठक्कर र धोकै धोकाले थिल थिलो पारीएको मेरो शरीरको मिठोपन जति अमिलीएर सडेछ । फेरी उनको मनमा म प्रतिको भावाना जागि्रत नहुँदैमा मैले मन दुखाउँनु मेरो दुश्शाहस पनि त हैन । उनको मन भावनालाई मैले तिरस्कृत गर्न चाहेको अबस्य हैन तर उनको औकात माथी मेरो वास्तबिक्ता मेल खान सक्दैन त्यसैले † त होला मेरो जीवन देखी धरै टाडा जान खोजी रहिछन् उनि खहरेको भेल उर्लिएपनि समुन्द्रमा नपुग्दै सुक्न सक्छ मेरो मायाँ पनि त्यस्तै भै दिन्छ भने म के गर्न सक्छु र । उनको यादमा म यति पागल भएँकी कुनै कुराको एक्कीन छैन मलाई तर उनी भित्र भने म कहिल्यै बस्न सकीन । मेरो जीवनको आगमनले उनको मनमा मध्ये दिनमा पनि अंधकारको महशुस गराउँछ भने म घायल चुप चाप रहेर आँशुले तिर्खा मेटाउँदै कर्कलाको पानी जस्तै ढलपल ढलपल भएर केही दिन मात्रै भए पनि उनको मायाँको अशलियत परिचय पत्तालाएर कहिल्यै न आउँने बाटो जानु छ । मायाँ गर्ने मान्छे कोही कोही हरु हुन सक्छन् ब्याबहारीक पनि होलान् तर म उनको नजरमा परिन भनेर मन दुखाउन मेरो मानवता पनि त हैन । पे्रममा धोका खाएर आत्मा हत्या गर्दैमा मेरो आत्माले शान्ति पाउँछ र उनलाई पनि म मरेर आराम मिल्छ भने अलि कति धुक धुकी पनि मेटाउँन चाहान्छु । हो यो मेरो रहर होईन बाध्यता हो । मैले कति पटक भनि सकेँ तिमी मेरो जीवनको यस्तो पाटो हौ जुन पाटो तिमी बिना चल्नै सक्दैन । तिमी मेरो मुटु हौ मुटु बिना आत्मा चल्न सक्छ र म त तिमी बिना नितान्त एक्लो हुनेछु । जस्तै पानी बिनाको माछा । बर बिनाको पिपल पनि रहन सक्छ तर म अबश्य रहन सक्दीन । म एक जन्म हैन जति जति यो धर्तिमा जन्म लिएर आए पनि सिर्फ तिम्रो भएर आउँछु यदी तिम्रो हुन सकिन भने अरु कसैको पनि हुने कल्पना सम्म गर्न असमर्थ हुनेछु । तिमी बिश्वाश गर या नगर त्यो तिमीमा भर पर्ने कुरा हो । तर यो हैनकी मेरो मन मन्दीरबाट अलग भयौ भने तिमी त रहन सकौली तर † म सक्दीन । तिमीले यति त सोच्नु पर्ने हो । मेरो खुशीको लागि आफुलाई तरबारको धारले आÏनै छाती रेटेर रगतको पोखरी मा नुहाउँने मेरै लागि थोरै भए पनि जिबित हुँदैछ यदी मैले साथ दिइन भने ज्यूँदै चितामा जलेर खरानी हुने छ । तर परिर्विर्तत मन परिवर्तित तन खै कता मोडियो कता मायाँरुपी भावानामा खिन्नताको बोध भरीए पछि सायद यस्तै हुन्छ होला । जस्तो उनिलाइ अहिले भएको छ । फरक फरक मन फरक फरक बिचार हुदो रहेछ मायाँ गर्ने मान्छेहरुको पनि । आÏनै जीवन साथीको छाती माथी टेकेर कोही अरुकै पाईला भेट्न हतारीएकी उनिलाई मेरो आबश्यकता हुदैन फेरी कस्तो बिडम्बना मलाई भने उहि पूरानो अतितले न त चैन मिलेको छ । न त थोरै औसधीनै । म यहाँ Ôेद बिच्Ôेद हुँदा पनि उनलाई अलि कति असर नपर्दा म पागल उनै प्रती हरेक पल समर्पित हुने आशामा छटपट्टीएको छु । फेरी पनि एक्कीन दिलाउँन खोजी रहेको छु । रुपयाँ पैसामा बिक्री हुने मायाँ नसम्झ त्यो बिजिनेश् पोलेसी मात्रै हो । जुन मायाँ यो घायलले तिमीलाई दिन हतारीएको छ कुनै पनि धनराशीले खरिद गर्न सक्ने छैनौ । तिमीलाई लागेको होला म यति राम्री छु बिबेक सिल छु अनि ब्याबहारीक पनि तर । जति मायाँ मैले तिमीलाई दिन चाहेकोछु त्यो मायाँ मेरो लागी धेरै सम्बेदनशिल छ जुन ठाउँमा तिमीले बाश गरेकी छौ त्यो ठाउँमा तिमीलाई कोही कसैले राख्न सक्दैन । चाहे धर्ति भासीयोस् फेरी पनि मेरो मायाँ कहिल्यै तिमी बाट फरक हुनेछैन यो मेरो चिता माथी जल्दै गरेको आगोबाट पनि तिम्रै निमित्त ओकलीने शब्द हो जुन तिमीलाई थोरै जिबित हुदा पनि भन्दैछु । मैले सुनेको छु यही महिनाको १४ तारीकमा प्रेम गर्नेहरुको प्रेम दिबशका रुपमा धेरै प्यारो दिन आउँदैछ रे हुन त मलाई मायाँ गर्ने यो संसारमा कोही नहुँदापनि मैले झिनु आशा राख्नु ठिक अबश्य हैन । तैपनि अन्तिम एक शब्द तिमीलाई भन्दैछु मेरो थोरै भन्दा थोरै याद तिम्रो कुनै मानसपटलमा आई दियो भने तिमी मेरो छाती भित्रको मुल गेटबात सरासर मुटुको धुक धुकीमा आउँन सक्नेछौ त्यस पछि फेरी कुनै परिभेसमा अलिकति तिमी प्रतिको गहिरो अदृश्य छुट्टै चाहानाको बाँध फुकाउँने प्रयाश गर्ने छु । फेरी पनि तिम्रै के वल तिम्रै आशामा घिड घिडो भएर ज्यूने प्रयास गर्दैछु अरु तिम्रो बिचार ुु॥ उही कोही अलपत्र यात्री

0 comments:

Post a Comment