Thursday, February 4, 2010

गिती कविता - "नसोध्नु मलाई हिजोको याद"

नसोध्नु मलाई हिजोको याद मैले भूलिसके
आँखामा झल्कने त्यो तस्वीर तिम्रो फालिसके

अन्जानमै गरेको भूल हुनसक्छ माफ गरिसके
केहिपलको पाहुना थ्यो पिरती मैले जानिसके

यहाँ त मिलन र बिछोड्का के कुरा गर्नु छ र
को छ र आफ्नो कसलाई पो पराइ देख्नु छ र

नत मिलनको कुरा सुन्दा मन खुशी हुन्छ
नत अब बिछोडको डरले यो गहनै भरिन्छ

नसोध्नु मलाई हिजोको याद मैले भूलिसके
आँखामा झल्कने त्यो तस्वीर तिम्रो फालिसके

1 comments:

bipana bantawa rai said...

Post a Comment