Thursday, February 4, 2010

कबिता:- "कसम"

छोए कसम मैले तिमीलाइ भने
माधुर्यताको आभाश लिनु
हेरे कसम मैले तिमीलाइ भने
कुद्रिस्यको नजर कहिल्यै नसम्झिनु
म त हरे यसै पागल उसै पागल
तर तिमी साचो मान्छे भै दिनु

गाए कसम मैले तिमीलाइ भने
आनन्दको आभस लिनु
लाए कसम मैले तिमीलाइ भने
बस्त्र मुल्य चुकाइ दिनु
म त हरे यसै बादल उसै बादल
तर तिमी पानी झरी
धर्ती सदै भिजाइ रहनु ।

आटे कसम मैले तिमीलाइ भने
हात समाइ फैलाइ दिनु
ढाटे कसम मैले तिमीलाइ भने
चिता बनाइ किनारामा जलाइ दिनु
म त हरे यसै मरे उसै मरे
तर तिमी ससारमा बाची दिनु ।
चम्के कसम भाग्य भने
मोती सरी प्रकास दिनु

लम्के कसम प्रगतीमा भने
पछी फर्की हेरी दिनु
म त हरे यसै लडे उसै लडे
तर तिमी अघी अघी बदी दिनु..

0 comments:

Post a Comment